चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलियो
एजेन्सी, माघ १६ ।
चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ । पछिल्लो पटक तिब्बतमा पनि संक्रमित भेटिएको छ ।
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढेर १सय ७० पुगेको छ । संक्रमितको संख्या ७७ सय ११ पुगेको छ । विभिन्न १६ मुलुकमा समेत संक्रमण फैलिएको छ ।
चीनको वुहान शहरबाट जनवरी २९ मा यो भाइरस फेला परेको थियो । चीनका विभिन्न शहरमा आवत जावतमा प्रतिबन्ध लगाइएको छ भने चिनियाँ फुटबल संघले सन् २०२० भरीका सम्पूर्ण खेल सारेको घोषणा गरेको छ ।
विभिन्न मुलुकले चीनमा रहेका आफ्ना नागरिक फिर्ता लगिरहेका छन् । विश्व स्वास्थ्य संगठनको विश्व स्वास्थ्य आपतकालबारे निर्णय गर्न महत्वपूर्ण बैठक गर्दैछ । यो भाइरसको अहिलेसम्म निश्चित उपचार र खोप पत्ता लागेको छैन ।