गोरखकाली रनिङ कप फुटबलको उपाधि मुग्लीनलाई

गोरखा, फागुन १५ ।
पाँचौं गोरखकाली रनिङ कप फुटबलको उपाधि त्रिवेणी युथ क्लब मुग्लिनले जितेको छ । सोमबार सम्पन्न फाइनलमा ट्राइब्रेकरमा ९–८ गोलअन्तरले नक्खिपोट युथ क्बल ललितपुरलाई हराउँदै त्रिवेणीले उपाधी चुमेको हो । अघिल्लो वर्ष पनि उपविजेतामा चित्त बुझाएको नक्खिपोट युथ क्लब यो संस्करणमा पनि दोस्रो स्थानमै रोकियो । प्रतियोगित विजेता त्रिवेणीले नगद २ लाख रुपैयाँ पुरस्कार हात पारेको छ । उपविजेता नक्खिपोट युथ क्बलले १ लाख ५० हजार रुपैयाँ पायो ।
प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल एएफसी रियल्ली भक्तपुर र गोरखकाली युथ क्लब दरवार मार्गले पनि नगद ५० हजार रुपैयाँ पुरस्कार पाए । हरमटारी युवा क्लबको आयोजनामा हरमटारीस्थित खेलकुद मैदानमा सम्पन्न प्रतियोगितामा १६ टिमको सहभागिता थियो ।