एसइइमा आफ्नो नतिजाप्रति असन्तुष्ट विद्यार्थीले उत्तरपुस्तिका पुनः परिक्षण गराउन पाउने

 

काठमाडौं, साउन ३१ ।

माध्यमिक शिक्षा परिक्षा एसइइमा आफ्नो नतिजा प्रति असन्तुष्ट विद्यार्थीले उत्तर पुस्तिका पुन परिक्षणका गराउन पाउने भएका छन् ।

उत्तर पुस्तिका पुनः परिक्षण गराउन चाहने विद्यार्थीले पहिले अंक पुनः योग गर्न आवेदन दिएको हुनुपर्नेछ । पुनः योग गरिएको उत्तर पुस्तिका प्रति असन्तुष्ट विद्यार्थीले उत्तर पुस्तिका पुन परिक्षणका लागि दिन सक्ने छन् ।

हरेक वर्ष हजारौं विद्यार्थीले उत्तर पुस्तिका पुर्नयोगका लागि आवेदन दिने गरेका छन् । अंक पुर्नयोग गर्दा समेत विद्यार्थी सन्तुष्ट हुन नसकेका कारण पुन परिक्षणको ब्यवस्था गरिएको परिक्षा उपनियन्त्रक चेतनाथ शर्माले बताएका छन् । पुन परिक्षणका क्रममा तिन जना शिक्षकको समुहले विद्यार्थीको उत्तर पुस्तिका जाँच गर्नेछ ।

यसवर्ष मात्रै ८ हजार २४ विद्यार्थीले पुर्नयोगका लागि आवेदन दिएका थिए । जसमध्ये ११ प्रतिशत अर्थात ८ सय ६२ विद्यार्थीको को पुर्नयोग पछि ग्रेड वृद्धि भएको छ । सन् २०११ बाट विद्यार्थीलाई उत्तर पुस्तिका हेर्न दिईएपनि गल्ती भएको खण्डमा गुनासो गर्ने कुनै प्रणाली बनाईएको थिएन । अधिकांश घटनामा पुस्तिका जाँचकर्ताको गल्तीका कारण विद्यार्थीको अंक तल माथि हुनेगरेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
(रेडियो कान्तिपुरबाट सभार)