अन्तर विद्यालय क्रिकेटमा त्रिभुवन र बाराहीलाई उपाधी

पोखरा, असार ४ ।
पोखरामा सञ्चालित कास्की जिल्ला स्तरिय अन्तर सामुदायिक विद्यालय टी–२० क्रिकेट प्रतियोगितामा छात्रतर्फ त्रिभुवन मावि र छात्रातर्फ बाराही मावि विजयी भएका छन् । पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा युकेको मेरलिबोन क्रिकेट फाउण्डेशन र किडासाको सहयोगमा पोखरामा ब्रेकिङ बाउण्ड्रिज क्रिकेट प्रतियोगिता भएको हो ।

पोखरा रंगशालामा छात्रतर्फ सोमबार भएको फाइलन खेलमा त्रिभुवनले जनप्रिय माविलाई ८ विकेटले पराजित गर्दै उपाधी जितेको हो । पहिला व्याटिङ गरेको जनप्रियले १०.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३२ रन मात्रै बनाउन सक्यो । जितका लागि ३३ रनको लक्ष्य पछ्याएको त्रिभुवनले ३ ओभर २ विकेट गुमाएर जित हाँसिल ग¥यो । त्रिभुवनका करण यादवले २५ रन हाने ।

छात्रातर्फ बाराहीले सिद्ध माविलाई २ विकेटले पराजित गर्दै प्रथम स्थान प्राप्त ग¥यो । पहिला व्याटिङ गरेको सिद्धले १५ ओभरमा ४ विकेट गुमाएर ७९ रन बनायो । सिद्धका रचना चौधरीले २० तथा सानिया तामाङ्गले १५ रन जोडे । जितका लागि ८० रनको लक्ष्य सहित मैदान उत्रिएको बाराहीले ११.३ ओभरमा ८ विकेटको क्षतिमा जित हाँसिल ग¥यो । बाराहीका कमला बुढाले १३, सफलता भुजेलले ५ रन बनाए ।