बेलायतका प्रधानमन्त्री जोनसनलाई झुट बोलेको आरोप

एजेन्सी, भदौ २७ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले महारानी इलिजावेथकै सल्लाहमा संसद निलम्बन गरेको स्पष्ट पारेका छन् ।
स्कटल्याण्डको एक अदालतले संसद निलम्बन गर्नु गैरकानूनी भएको फैसला सुनाएलगत्तै प्रधानमन्त्री जोनसनको यस्तो प्रतिक्रिया आएको हो ।
संवाददाताहरुसँग आफूले निलम्बनबारे झुट नबोलेको स्पष्ट पारेको बिबिसीले जनाएको छ । प्रधानन्त्री जोनसनले उक्त अदालतले गरेको निर्णयको सम्मान गरेको बताएका छन् ।
उनले इङल्याण्डको उच्च अदालत आफूहरुसँग सहमत भएपनि उच्च अदालतको फैसला आउन बाँकी रहेको स्पष्ट पारेका छन् ।
पाँच हप्ताका लागि निलम्बन गरिएको बेलायतको संसद अक्टोबर १ देखि मात्र सुचारु हुने छ ।