प्रमुख समाचार


सरकारको नयाँ नियम–शिक्षकले राजनीति गरे जागिर चट ४ पुष २०७५, बुधबार ०३:२४

काठमाण्डौं, पुस ४ । सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर चट हुने कानुनी व्यवस्था गर्न लागको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । यसअघि विभिन्न राजनीतिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न..

पुरा पढ्नुहोस् »

स्कुल हिडेकी बालिका १३ दिनदेखि बेपत्ता ४ पुष २०७५, बुधबार ०३:१९

इलाम, पुस ४ । इलाममा एक बालिका गएको १३ दिनदेखि बेपत्ता भएकी छन् । सन्दकपुर गाउँपालिका जमुनाकी १२ वर्षीया मुना गुरुङ गएको मंसिर २० गतेदेखि परिवारको सम्पर्कमा नआएको परिवारले जनाएको छ । उनी गाउँकै राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययन..

पुरा पढ्नुहोस् »

पोखरामा चिडियाखाना बनाउन प्रदेश सरकारले दियो डेढ करोड ४ पुष २०७५, बुधबार ०३:१३

पोखरा, पुस ४ । पोखरा महोत्सवबाट सङ्कलित रकमको केही प्रतिशत छुट्याएर चिडियाखाना निर्माणमा जुटेको युनाइटेड क्लब पोखराको अभियानलाई सफल बनाउन गण्डकी प्रदेश सरकारका तर्फबाट एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । चिडियाखानाको अहिलेसम्म..

पुरा पढ्नुहोस् »

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ४ पुष २०७५, बुधबार ०२:३४

भरतपुर, पुस ४ । चितवनमा बसको ठक्करले मोटरसाईकल चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१२ टिकौली जंगल स्थित पूर्व–पश्चिम लोक मार्गमा टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको बा ३ ख १८६० नं.को लोकल बस र टाँडीतर्फ जाँदै गरेको ना १ प ७६३० नं.को मोटरसाइकल..

पुरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको मूल्य घट्यो ४ पुष २०७५, बुधबार ०२:२४

काठमाण्डौं, पुस ४ । नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले हिजो मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २–२ रुपैयाँ घटाउने निर्णय गरेको हो । इण्डियल आयल कर्पोरेशनले..

पुरा पढ्नुहोस् »

बाटोमा भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी ४ पुष २०७५, बुधबार ०२:१८

काठमाण्डौं, पुस ४ । बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले समाचार लेखेका छन् । सीआईबीले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत ४ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ..

पुरा पढ्नुहोस् »

अमेरिकाले घटाउने भयो नेपालीको भिसा शुल्क ४ पुष २०७५, बुधबार ०२:१०

काठमाण्डौं, पुस ४ । काठमाडौं–अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप २०० डलर नलिने भएको हो । गृहमन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका..

पुरा पढ्नुहोस् »

स्वकीय सचिवको तलब आफैँ लिन्छन् सभामुख महरा ४ पुष २०७५, बुधबार ०२:०५

काठमाण्डौं, पुस ३ । संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैँले बुझ्ने गरेको पाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा..

पुरा पढ्नुहोस् »

निर्मलाकी आमाले दिईन् आठ प्रहरीविरुद्ध उजुरी, को को परे ? ४ पुष २०७५, बुधबार ०१:५९

कञ्चनपुर, पुस ४ । निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित आठ प्रहरीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गराएकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा छ..

पुरा पढ्नुहोस् »

कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, कोषाध्यक्षबाहेक सबै पद निर्वाचित हुने ३ पुष २०७५, मंगलवार १४:०५

काठमाण्डौं, पुस ३ । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिलेको छ । सहमतिअनुसार अब कांग्रेस ९ जना पदाधिकारी हुनेछन्, उनीहरु मध्ये कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वा्चित हुनेछन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता..

पुरा पढ्नुहोस् »