बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भरतपुर, पुस ४ ।
चितवनमा बसको ठक्करले मोटरसाईकल चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१२ टिकौली जंगल स्थित पूर्व–पश्चिम लोक मार्गमा टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको बा ३ ख १८६० नं.को लोकल बस र टाँडीतर्फ जाँदै गरेको ना १ प ७६३० नं.को मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–४ का २८ वर्षीय संजय चौधरी गम्भीर घाईते भएका थिए ।

घाइते चौधरीलाई उपचारको लागी मनकामना अस्पताल भरतपुर पठाईएकोमा उपचारको क्रममा म.गलबार साँझ डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।