पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाण्डौं, पुस ४ ।
नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले हिजो मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २–२ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

इण्डियल आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यका आधारमा समायोजन गरिएको निगमले जनाएको छ । अब पेट्रोल लिटरको ११० र डिजेल तथा मट्टितेल लिटरको ९७ रुपैयाँ पर्छ । हवाइ इन्धन र एलपीजी ग्यासको मूल्य भने पुरानै कायम छ ।