अमेरिकाले घटाउने भयो नेपालीको भिसा शुल्क

काठमाण्डौं, पुस ४ ।
काठमाडौं–अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप २०० डलर नलिने भएको हो ।

गृहमन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए । तर अब १६० डलरमात्रै तिर्नुपर्ने गरी समझदारी भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।