स्कुल हिडेकी बालिका १३ दिनदेखि बेपत्ता

इलाम, पुस ४ ।
इलाममा एक बालिका गएको १३ दिनदेखि बेपत्ता भएकी छन् । सन्दकपुर गाउँपालिका जमुनाकी १२ वर्षीया मुना गुरुङ गएको मंसिर २० गतेदेखि परिवारको सम्पर्कमा नआएको परिवारले जनाएको छ ।

उनी गाउँकै राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययन थिइन् । गएको मंसिर २० गते बिहान विद्यालय गएकी बालिका घर फर्केकी छैनन् । दुई दिनसम्म घर नआउँदा आफन्तकोमा गएको आशङ्कामा बालिकाको खोजी नगरिएको पारिवारिक स्रोतले जनाएको छ ।

दुई दिनपछि पनि घर नफर्किएपछि परिवारले बालिकाको खोजी गर्न थालेको थियो । बलिकाका परिवार, आफन्त र प्रहरीलेसमेत बालिकाको खोजी गरे पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।