कृषिप्रतिको आकर्षण बढाउन लगानी सम्मेलन : मन्त्री भुसाल

 

रुपन्देही, माघ २८ ।

कृषिमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ सरकार अगाडि बढेको बताएका छन् ।

मंगलबार रुपन्देहीको मायादेवीमा भवन शिलान्यास गर्दै उनले कृषि क्षेत्रमा लागेकाको भविष्य सुरक्षित बनाउने गरी तयारी गरिरहेको बताएका हुन् ।

मन्त्री भुसालले कृषिप्रतिको आकर्षण बढाउन लगानी सम्मेलन गर्न लागिएको जानकारी दिए ।

करिब ६० वर्ष कृषि क्षेत्रले नगरेका कामहरु गर्ने तयारी गरिरहेको भन्दै कृषि क्षेत्रमा लागेका व्यक्तिको जीविकोपार्जनमा समस्या नहुने अवस्था तयार पारिने उनको भनाइ थियो ।

मन्त्रालयसँग सम्बन्धित विषयहरु धेरै रहेकाले आफूले जिम्मेवारी सम्हालेपछि बीचमा केही आत्तिएकोसमेत भुसालले उल्लेख गरे ।
(ईमेजखबरबाट साभार)