सांसद विकास कोषको सवा ८ अर्व भुकम्प पीडितको घर बनाउन प्रयोग गर्ने सरकारको निर्णय

पोखरा, कात्तिक २७ ।
सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड भूकम्प प्रभावितको घर निर्माणमा खर्च गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ८ अर्ब २५ करोडमा १ अर्ब ७५ करोड गरेर १० अर्बको भूकम्प पीडित राहत कोषमा बनाउने निर्णय गरेको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोडका दरले ८ अर्ब २५ करोड छुट्याइएको थियो । यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले यो कार्यक्रम कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

मन्त्रिपरिषद्को बैठकले पूर्ण क्षति भएका र आशिक क्षति भई बस्न योग्य नरहेको घर भएको परिवारलाई अस्थायी आवास बनाउन ५० हजार दिने निर्णय समेत गरेको छ । आवास बिमाबारे अध्यनन गर्ने जिम्मा मुख्य सचिवलाई दिएको छ ।