एमसीसीको सहयोग सम्बन्धी प्रस्ताव अनुमोदन गर्न आग्रह : डा. महत

 

काठमाडौं, पुस ६ ।

पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा.रामशरण महतले अमेरिकी सहायता निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोग सम्बन्धी प्रस्ताव संसदबाट अनुमोदन गर्न आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले एमसीसी अन्र्तगतका परियोजनाहरु नेपालका लागि आवश्यक रहेकाले ढिलो नगरी संसदबाट अनुमोदन गर्न आग्रह गरे ।

नेता डा. महतले नेपालको आर्थिक विकास र गरिकी निवारणमा एमसीसी निकै आवश्यक रहेकाले सम्झौता अनुमोदन गर्न रोक्न नहुनेमा जोड दिए ।

विगतमा धेरै मेहनत गरेर एमसीसी नेपाल ल्याएको भन्दै यसलाई इन्डो प्यासिफिक रणनीतिसँग जोडेर हेर्नु अज्ञानता मात्रै भएको डा. महतको टिप्पणी थियो ।
(ईमेजखबरबाट साभार)