अमेरिकाद्धारा इरानका विदेशमन्त्रीमाथी आर्थिक प्रतिबन्द

 

एजेन्सी, साउन १६  ।

 

अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जावेद जारिफमाथि आर्थिक प्रतिबन्ध लगाएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ द ट्रेजरीले जाफरीमाथि प्रतिबन्ध लगाएको हो ।

 

अमेरिकी राज्यकोष मन्त्री स्टिभन मनुचिनलले जाफरीले इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीका गलत नीतिहरु कार्यान्वयन गरेकाले प्रतिबन्ध लगाएको बताएका छन् ।

 

यो प्रतिबन्धपछि विदेशमन्त्री जाफरीको अमेरिकामा रहेको या अमेरिकी संस्थाको नियन्त्रणमा रहेकोसबै सम्पत्ति रोक्का हुनेछ ।

 

अमेरिकी प्रतिबन्धपछि एक टीव्ट गर्दै विदेशमन्त्री जाफरीले आफ्नो नीतिलाई अमेरिकाले खतरा ठानेको जिकिर गरेका छन् । उनले प्रतिबन्धका लागि अमेरिकालाई धन्यबाद दिएका छन् । आफ्ना एजेन्डा उसले खतरा ठान्नु आफूहरुको सफलता रहेको विदेशमन्त्री जाफरीले उल्लेख गरेका छन् ।

 

इरान र अमेरिकाबिच पछिल्लो समय तनाव चुलिँदै गएको छ । गतबर्ष अमेरिकाले सन् २०१५ मा भएको परमाणु सम्झौताबाट बाहिरिएसँगै विवाद बढेको हो ।