सांसद खानले दिईन पत्रकारलाई मास्क

दमौली, चैत ११ ।
प्रतिनिधि सभा सदस्य एव तनहूँकी नेकपा नेतृ कलिला खानले नेपाल पत्रकार महासंघलाई एक सय थान मास्क उपलब्ध गराएकी छिन् । मंगलबार पत्रकार महासंघ तनहूँका अध्यक्ष ओमकार आर्चायलाई सांसद खानले मास्क हस्तान्तरण गरेकी हुन् ।

पत्रकारहरूमा सुचना संकलन गर्ने क्रममा विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखीम उच्च रहने भन्दै महासंघ मार्फत पत्रकारहरूलाई माक्स वितरण गरीएको सांसद खानले बताईन् ।

महासंघका अध्यक्ष आर्चायले सरकारले समेत सेल्फ क्वारेन्टाईनमा बस्नका लागी आग्रह गरीरहे पनि समाचार सम्प्रेषणका लागी दैनिक रूपमा व्यक्तिहरूको सम्पर्कमा आउनु पर्ने भन्दै यो अवस्थामा संक्रमणबाट जोगिनका लागी केही सहयोग भएको बताए ।