विश्व शान्ति सूचीमा नेपालको प्रगति, ७६ औं स्थान प्राप्त

 

काठमाडौं, मंसिर ६ ।

विश्व शान्तिको सूचीमा नेपालले प्रगति गरेको छ । विश्व शान्ति सूची २०१९ मा नेपाल ७६ औं स्थानमा परेको हो ।

इन्ष्टिच्यूट फर इकोनोमिक्स एण्ड पिस (आइइपी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले यस वर्ष १२ स्थान सुधार गरेर ७६ औं स्थान प्राप्त गरेको हो ।

ग्लोबल पिस इन्डेक्सले १६३ स्वतन्त्र राज्य र क्षेत्रको शान्तिस्तर मापन गरेको थियो । सामाजिक सुरक्षाको स्तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय द्वन्द्व, सैन्यकरणलगायत २३ विषय समेटेर सूची तयार पारिएको हो ।

विश्वकै सबैभन्दा शान्त राष्ट्रमा आइसल्याण्ड परेको छ भने अफगानिस्तान अन्तिम स्थानमा परेको छ । यसैगरी न्युजिल्यान्ड, पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिङ्गापुर, स्लोभेनिया, जापान र चेज रिपब्लिक क्रमशः शीर्ष १० स्थानमा छन् ।

दक्षिण एशियामा भुटान सबभन्दा माथि अर्थात् १५ औं स्थानमा रहँदा श्रीलंका ७२ औं, बङ्लादेश १०१ औं, भारत १४१ औं र पाकिस्तान १५३ औं स्थानमा छ ।
(ईमेजखबरबाट साभार)