सरकारका सबै वेभसाइट डाउन

पोखरा, साउन ५ ।
नेपाल सरकार र प्रदेश सरकारका सम्पूर्ण वेबसाइटको सर्भर डाउन भएको छ । सरकारी डोमेन जति सबै डाउन भएका हुन् ।

सबस्टेसन र ट्रान्सफर्मरमा समस्या हुँदा नेपाल सरकार मातहत सम्पूर्ण सर्भर डाउन भएका बताइएको छ । सर्भर डाउन भएसँगै अनलाइनबाट हुने अत्यावश्यकीय काम प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भर डाउन भएकाले उडान पनि प्रभावित बनेको छ ।