मलेशियाका प्रधानमन्त्री महाथिरले दिए राजीनामा

 

एजेन्सी, फागुन १२ ।

मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन् । ९४ वर्षीय संसारकै सबैभन्दा ज्येष्ठ उमेरका प्रधानमन्त्री महाथिरले किन अकस्मात् राजीनामा गरे भन्ने विषयले आश्चर्य बनाएको छ ।

उनले आफ्नो राजीनामा सुल्तान अब्दुल्ला सुल्तान अहमदसमक्ष पेश गरेका छन् ।

सन् १९८१ देखि २००३ सम्म मलेशियाका प्रधानमन्त्री रहेका महाथिर चार दशकदेखि मलेशियाई राजनीतिको केन्द्रमा छन् । २०१८ मा आफ्नै उत्तराधिकारी नजीब रज्जाकलाई हराएर उनी फेरि प्रधानमन्त्री बनेका थिए ।

सत्ता गठबन्धनमा सहयोगी रहेका ७२ वर्षीय अनवर इब्राहिमसँग खिंचातानी भएकाले उनले राजीनामा दिएको अनुमान गरिएको छ । महाथिरले समय आउनेबित्तिकै इब्राहिमलाई सत्ता सुम्पने बचन दिएको बताइएको थियो । तर उनको यो राजीनामासँगै उनी फेरि नयाँ गठबन्धन बनाएर सरकारमा फर्कने अनुमान गरिएको छ ।