भ्रष्टाचारको आरोप लागेका किर्गिस्तानका पूर्व राष्ट्रपतिलाई पक्राउ गर्न खोज्दा भिडन्त

 

एजेन्सी, साउन २३ ।

भ्रष्टाचारको आरोप लागेका किर्गिस्तानका पूर्व राष्ट्रपति अलमाज्बेक अताम्बेवलाई पक्राउ गर्न पुगेका सुरक्षाकर्मी र समर्थकबीच विवाद हुँदा दोहोरो भिडन्त भएको छ ।

भिडन्तमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने दुबै पक्षबाट ३६ जना घाइते भएका छन् । पूर्व राष्ट्रपति अताम्बेबले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।

भ्रष्टाचारको आरोप लागेपछी उनलाई देशले दिंइदै आएको सबै सुबिधाबाट बञ्चित गरेको समेत गरेको थियो । उनलाई पक्राउ गर्न ५० जना भन्दा बढीको संख्यामा गएका सुरक्षाकर्मीको प्रयास असफल भएको छ ।

संसदले गएको जुनमा उनीबाट सुरक्षा सुविधा खोसेको थियो । किर्गिस्तानको राष्ट्रिय सुरक्षा कमिटिले पूर्व राष्ट्रपति अताम्बेवलाई पक्राउ गर्न चलाइएको विशेष अभियानको क्रममा सुरक्षाकर्मीले रबरका गोली चलाएको भन्दै आलोचना गरेका छन् ।

सत्तामा रहँदा पूर्व राष्ट्रपति अताम्बेबले राज्यको सम्पती दुरुपयोग गर्नुका साथै करोडौँ रुपैयाँको भ्रष्टाचार गरेको आरोप छ ।