भारत–पाकिस्तान तनाव:  भारतीय दुतलाई देश छाड्न पाकिस्तानको आदेश

 

एजेन्सी, साउन २३ ।

जम्मू कश्मीरमा राजनीतिक तनाव उत्पन्न भइरहेका बेला पाकिस्तानले भारतसँगको व्यापारीक सम्बन्ध तोडेको छ ।

जम्मू कश्मीरको विषयमा भारतीय सरकारले चालेको कदमको विरोध गरिरहेको पाकिस्तानले दुई देशबीचको कुटनीतिक सम्बन्ध कमजोर बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।

जम्मू कश्मीरमा राजनीतिक तनाव उत्पन्न भएलगत्तै पाकिस्तानले कूटनीतिक सम्बन्धको स्तर झार्दै भारतीय उच्च आयुक्तलाई निकाला गर्ने निर्णय गरेको बिबिसीले जनाएको छ ।

विवादसँगै भारतका लागि नवनियुक्त पाकिस्तानी उच्च आयुक्तले पनि जिम्मेवारी नसम्हाल्ने बताइएको छ ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री इमराना खानले जम्मू कश्मीरको विशेष अधिकार खोस्ने भारतको निर्णयविरुद्ध लड्ने प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्री खानले यो विषय संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा समेत प्रतिवाद गर्ने बताइसकेका छन् ।

पाकिस्तान र भारतबीचको कुटनीतिक सम्बन्ध यसअघि सन् १९६५ र १९७१ मा पनि तोडिएको थियो ।