भारतमा हिंसात्मक झडप, सातजनाको मृत्यु

 

एजेन्सी, फागुन १३ ।

भारतमा विवादास्पद नागरिकतासम्बन्धी कानुनको विरोधमा भएको प्रदर्शनका क्रममा सातजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकजना प्रहरीसहित ६ सर्वसाधारण छन् ।

नयाँ कानुनको समर्थक र विरोधीबीच भएको झडपमा ३५ भन्दा बढी घाइते भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेका बेला गत वर्ष पारित भएको उक्त कानुनको विरोधमा राजधानी नयाँदिल्लीमा प्रदर्शन भएको हो ।

नयाँ कानुनमा मुस्लिम बाहुल्य मुलुकका गैरमुस्लिम आप्रवासीलाई माफी दिने व्यवस्था गरिएको छ । बहुसंख्यक हिन्दु समर्थक रहेका सहरमा नयाँ कानुनको विरोध भएको छ ।

उत्तर–पूर्वी दिल्लीको मुसलमान बाहुल्य स्थानमा गत वर्षबाट आन्दोलन सुरु भएको हो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कानुनी व्यवस्था सहज बनाउन केन्द्र सरकारसँग आग्रह गरेका छन् ।