‘बैंकिङ अत्यावश्यक क्षेत्र’, हड्ताल नगर्न अन्तरिम आदेश

 

काठमाडौं, पुस १० ।

सर्वोच्च अदालतले बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनैपनि कार्यालयमा हड्तालजन्य कार्य नगर्नरनगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बुधबार कार्यालयको काममा कुनैपनि किसिमको हड्तालजन्य कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ–‘बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो । कुनैपनि कार्यालयमा कुनै किसिमको हड्तालजन्य कार्य नगर्नूरनगराउनू तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनैपनि बाधा, अवरोध नगर्नु÷नगराउनू ।’

सर्वसाधारण नागरिकको सुविधासँग बैंकिङ सेवा सम्बन्धित रहेको हुँदा वि.सं. २०७६ असोज २७ गते प्रकाशित राजपत्रअनुसार यस्तो अतिआवश्यक सेवामा संलग्न कर्मचारीहरुलाई हड्ताल गर्न निषेध गरेको र हड्ताल गर्ने कार्य अत्यावश्यक सेवा सन्चालन ऐन, २०१४ विपरीत भएको आदेशमा उल्लेख छ ।

नाडेप लघुवित्त वित्तीय संस्थाका तर्फबाट उपेन्द्रबहादुर कार्कीले कर्मचारी संगठन नाडेप लघुवित्तीय संस्थाको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

अदालतले यही पुस १६ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । (रासस)