बेलायतीले नेपाली गीत रेसम फिरिरि यसरी गाए (भिडियो हेर्नुस्)

पोखरा, चैत ९ ।
बेलायतका ३ नागरिकले नेपाली सदावहार गीत रेसम फिरिरि गाउँदा गाउँले दंग परे । गाउँ घुम्न आएका बिदेशीले आफ्नै भूमीमा आएर नेपाली गीत गाउँदा उनीहरु उत्साहित पनि भए । कुरा हो स्याङजा ओरष्ठेको ।

ओरष्ठे स्थित मड्किना भञ्ज्याङमा पुगेका यी तीन बेलायती नागरिकले आँफै मादल र गितार बजाएर रेसम फिरिरि गीत गाएका हुन् । समाजसेवी दिलिप गुरुङ र चन्द्रबहादुर गुरुङको पहलमा उनीहरु मड्किना पुगेका थिए ।