बिरेठाँटी क्यानोनिङमा काजलको प्रस्तुतीमा पर्यटक झुमे

पोखरा, असोज ४ । टेबल– टेबलमा पाहुना (केही आन्तरिक केही बाह्य) । झरनाको आवाजसँगै झिलिमिली सप्तरङ्गी बत्ति झिप्लिक– झिप्लिक गरिरहेको छ । केही अगाडीपट्टी कोही सुरमा त कोही बेसुरमा उप्र्रmीरहेका छन भने केही समुह लठ्ठिरहेका छन मदिराको मातले हो या गितको । उनीहरुलाई लठ्याउने काम र खलखली पसिना आउने गरी नचाउने काम गायकिा काजल गुरुङले गरिरहेकी छिन । उनी माहौल तताउन निकै माहिर देखिन्छिन जो जोसिलो मुद्रामा ‘सालको पात टपरी हुनी नहुनी सल्लैको’ भन्ने गित गाईरहेकी छिन ।

बिस्तारै अध्यारो छिपिदैछ । अनि पाहुनाको आवागमन बढ्दै गरेको देखिन्छ । यो माहौल अन्नपूर्ण गाउँपालिका –८ मा सञ्चालित बिरेठाँटी क्यानोनिङ प्रा.लिले दोस्रो बार्षिकोत्सबको अवसरमा आयोजना गरेको बिबिध साँस्कृतिक सन्ध्याको पहिलो दिन (शुक्रबार) को हो ।
प्रा.लिले क्यानोनिङ दोस्रो बर्षमा प्रबेश गरेको खुशियाली साट्न सन्ध्याको आयोजना गरेको सञ्चालक पुर्ण कोने गुरुङले बताए । उनले साँस्कृतिक कार्यक्रममा बिबिन्न क्षेत्रमा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहेको उल्लेख गरे ।

उनले डिमर्च ब्याण्डले पप तथा कभर गितहरु गाउँदै पाहुनालाई झुमाएको बताए । उनका अनुसार लोक गायिका काजलले शुक्रबार मध्यरातको ११ बजेसम्म पाहुनाहरुलाई नचाएका थिईन । गुरुङले आज (शनिबार ) ‘ब्लाक सिप ब्याण्ड’ र लोक दोहोरी तर्फ अञ्जु रामदानको बिशेष प्रस्तुती रहने बताए । उनले कार्यक्रमको मुख्य उद्देश्य पर्यटन प्रर्बद्धन रहेको बताए । गुरुङले भने, ‘एबीसी पदमार्गको रुट यै भएकाले पर्यटन प्रबद्र्धनको लक्ष्यसहित हामीले दोस्रो बार्षिकोत्सबको अवसरमा यो कार्यक्रमको आयोजना गरेका हौं ।’

यसैगरी अर्का सञ्चालक बिष्णु कोने गुरुङले बिरेठाँटी क्यानोनिङको परिकारमा असला माछा बिशेष रहेको बताए । उनले स्थानिय परिकार सँगै मोदी खोलाको असला माछाको स्वाद चाख्न पाउने जानकारी दिए । क्यानोनिङका सञ्चालक सुरेश कोने गुरुङले बिगत २ बर्ष यता आन्तरिक र बाह्य पर्यटकले गरी कुल १ हजार बढिले क्यानोनिङको मज्जा लिईसकेको बताए ।

उनका अनुसार आन्तरिक पर्यटकलाई २ हजार ५ सय र बाह्य पर्यटकलाई ५ हजार शुल्क निर्धारण गरिएको छ । उक्त क्यानोनिङमा पुर्ण कोने, सुरेश कोने, बिजय कोने र बिष्णु कोने गुरुङले संयुक्त रुपमा १ करोड ५० लाख बढि लगानी रहेको छ । यसअधि उक्त कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका –८ का वडा अध्ष्यक्ष बिजय गुरुङले पर्यटकिय गतिबिधि मौलाउनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।
क्यानोनिङले साहसिक पर्यटकलाई गण्डकी प्रदेशमा भित्राउन सहयोग पुगेको बताउदै उनले निजी क्षेत्रमा सहजै लगानी गर्न वातावरण सरकारले मिलाउनुपर्नेमा जोड समेत दिएका थिए ।