बालुवाटारमा निर्माण व्यवसायीको धर्ना, सरकारले जनस्तरमा बदनाम गरेको आरोप

 

काठमाडौं, मंसिर ९ ।

निर्माण व्यवसायीहरुले आफ्ना मागहरु पूरा नभएको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् ।

सरकारले काम गर्ने वातावरण नबनाईदिने र जनस्तरमा निर्माण व्यवासयीको बद्नाम मात्र हुने काम भएको भन्दै निर्माण व्यवसायीहरु आक्रोसित बनेका हुन् ।

ठेकदारको लापरबाहीका कारण सडक निमार्ण हुन नसकेको भन्दै जनस्तरमा निर्माण व्यवासायीप्रति तीव्र आक्रोश छ ।

व्यवसायीले आजदेखि हरेक दिन बिहान साढे नौदेखि दश बजेसम्म बालुवाटारमा धर्ना दिने र हरेक हप्ता धर्नाको समय एक घण्टा बढाउँदै लाने बताएका छन् ।
(ईमेजखबरबाट साभार)