फिडेल क्यास्ट्रो र नयाँ वर्ष

विश्व खबर, पुस १७ ।

ग्रेगरी क्यालेण्डरअनुसार सोमबार नयाँ वर्षको प्रारम्भ हुँदैछ । जनवरी १ क्युवालीको निम्ति थप महत्वपूर्ण दिन हो । सन् १९५९ जनवरी १ मा क्युवाली जनताले मुक्ति पाएका थिए । फिडेल क्यास्ट्रोको नेतृत्वमा सशस्त्र क्रान्तिबाट तानाशाही बातिस्तालाई फालेर समाजवादी व्यवस्था स्थापना गर्ने सफलता पाएको दिन हो, जनवरी १ ।

क्युवाली समाजवादी क्रान्तिले सबै खालका शोषणका डाम्लाहरू चुँडाल्ने काम गरेको थियो । अगाडिका क्रान्तिले मानिसमाथिको मानिसको शोषण अन्त गर्न सकेको थिएन । अगाडिका क्रान्तिहरूले एकखालको शोषणको अन्त गरी अर्को खालको शोषण निम्त्याउने काम गरेको थियो । शोषक वर्गको चरित्र केही फरक भए पनि शोषणलाई हटाउन सकिएको थिएन । यसमानेमा समाजवादी व्यवस्था विल्कुलै फरक व्यवस्था प्रमाणित भयो । क्रान्तिले उत्पादका साधनहरूको राष्ट्रियकरण ग¥यो । अमेरिकी कम्पनीहरू राष्ट्रियकरण गरिए । किसानलाई खेत बाँडियो । यातायात सेवा, बिजुली, पानी, सरसफाइको व्यवस्था मिलाउने सबै राज्यको जिम्मेवारी घोषणा गरियो । शिक्षा र स्वास्थ्य निःशुल्कको घोषणा गरियो । महिलालाई वर्गीय र लैङ्गिक विभेदबाट मुक्त गरियो ।

आज क्युवा संसारकै श्रमिक वर्गको निम्ति आदर्श र नमुना बनेको छ । क्युवाले साम्राज्यवादी शक्तिसामु पटक्कै नझुकी गरेको सङ्घर्ष विश्वभरका न्यायप्रेमी जनतालाई उत्साहले सिंचित गरिरहेको छ । समाजवादी निर्माणको क्रममा शिक्षा र स्वास्थ्य क्षेत्रमा त्यसले गरेको अभूतपूर्व सफलताले समाजवादको उपादेयता तथा अपरिहार्यताबारे स्पष्ट पारिरहेको छ । आज क्युवाका सम्पूर्ण जनता साक्षर छन् । चिकित्सा विज्ञानको क्षेत्रमा क्युवाले गरेको प्रगतिबाट विश्व नै आश्चर्यमा पर्छन् । करिब ५५ वर्षदेखि अमेरिकी साम्राज्यवादको नाकाबन्दी भोगेर पनि स्वास्थ्य क्षेत्रमा गरेको विश्वको नमुना प्रगति देखेर स्वयम् पूँजीवादी देशहरू चकित छन् र क्युवालाई झुकाउन नसकेकोमा अमेरिका स्वयम् लज्जित छ । ५९ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा क्युवाली स्वास्थ्य मन्त्रीले सगौरव घोषणा गरेको तथ्य छ, क्युवाको शिशु मृत्युदर इतिहासमै सबभन्दा कम अर्थात ४।१ प्रतिशतमा झारिएको छ । जबकि नेपालको शिशुमृत्यु दर २८।९ प्रतिशत छ । शिशुमृत्यु दरलाई स्वास्थ्य र समृद्धिको एक राम्रो परिसूचकको रूपमा लिइन्छ ।

क्युवाको एउटा मेडिकल कलेजबाट विश्वका ९० देशका २९ हजार ले चिकित्सा विज्ञान पढेको तथ्य पनि यही अवसरमा तथ्य सार्वजनिक गरिएको छ । समुद्रि आधीको कारण प्रभावित १८ लाख जनतालाई ६० दिनमा सुरक्षित व्यवस्थापन गर्ने क्षमता समाजवादी देशको उपलब्धि मानिएको छ । नेपालमा गएको भूकम्पमा ४९ जनाको क्युवाली चिकित्सा टोलीले नेपाली जनतालाई पु¥याएको योगदानको प्रशंसा सबैतिरबाट भएको स्मरणीय छ । संसारभर क्युवाली जनताले पु¥याएको मानवताको सेवा अन्तर्राष्ट्रवादी भावनाको नमुना पनि हो । आज पनि क्युवाले नाकाबन्दी भोग्दै छ । समाजवाद या मृत्युको नारा बोकेर क्युवाले उठाएको समाजवादी झण्डाको विजय निश्चित छ । क्युवाली समाजवादको रक्षा गर्न क्युवाली जनता सफल हुनेछ । हार्दिक शुभकामना १