पोखरा उद्योग बाणिज्य संघ–उपमहासचिवमा चिनु गुरुङ बिजयी

पोखरा, असोज ७ ।
पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेशनबाट उपमहासचिवमा चिनु गुरुङ बिजयी भएकी छिन् । उनले प्रतिश्पर्धी सीता बराललाई १ सय ७३ मतान्तरले पराजीत गरेकी हुन् ।

गुरुङले १ हजार ५ सय ६१ मत पाउँदा बरालको १ हजार ३ सय ८८ मत पाईन् । गुरुङ प्रजु प्यानलबाट उम्मेदवार बनेकी थिईन् भने बराल अधिकारी प्यानलबाट उम्मेदवार भएकी हुन् ।