‘दाइको विहे भो अब मेरो पालो’

पोखरा, माघ २ ।
नेपाली लोक संगीतले हाम्रो बिभिन्न समय बोलेका हुन्छन् । माघको छेको पारेर यतिबेला बिभिन्न पञ्चेबाजाका गीतहरु बजार आएका छन् । त्यसैमध्य थ्री स्टार मिडियाले पनि एउटा आशालाग्दो गीत बजारमा ल्याएको छ । छोटो समयमा नै बिभिन्न चर्चित गीतहरु ल्याएको थ्री स्टार मिडियाले यसपाली भने पञ्चेबाजाको गीत युट्युव मार्फत सार्बजनिक गरेको छ । गीतमा आवाज सञ्चारकर्मी नारायण भट्टराई र कुसुम क्षेत्रीको रहेको छ । लय सृजना सुरेश सिग्देलले गरेका छन् भने शब्द कमल अर्यालले गरेका छन् ।
दाईको बिहे नभएर आफ्नो बाटो नखुलेको तर अब भने दाईको बिहे भयो अब मेरो पालो भन्ने शब्दहरु गीतमा बोलिएको छ । भिडियोमा पनि ति कुराहरु छर्लङ्ग पारिएको छ । भिडियो निर्देशन बिक्रम चौहानले गरेका छन् भने छायंकन बासु बरालले गरेका छन् । अञ्जली अधिकारी, धनुज थापा, बिसाल पौडेल र कौरिसा रानाको अभिनय रहेको गीतको सम्पादन मिलन बि.क.ले गरेका छन् भने थ्री स्टार मिडियाको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।