ट्यालेण्ट क्वेष्ट गण्डकीको उपाधी एलिसालाई

पोखरा, असोज १२ ।
पोखरा । फेवा डान्सिङ्ग एकेडेमी पोखराको आयोजनामा पोखरामा सम्पन्न ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६ को उपाधी एलिसा गुरुङ्गले जितेकि छन् । पोखरा उद्योग बाणिज्य संघको हलमा शनिबार राति अबेर सम्पन्न ग्राण्ड फिनालेमा पोखरा–१३ माटेपानीकि एलिसाले १५ प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो संस्करणको उपाधी आफ्नो नाम गराएकी हुन् ।

 

प्रतियोगिता लेखनाथकि श्रृष्टि राइभाट फष्ट रनरअप, लेखनाथकै खुसि गुरुङ्ग सेकेण्ड रनरअप तथा आकांक्षा गुरुङ्गले थर्ड रनरअपको उपाधी हाँसिल गरे । त्यस्तै, भ्युएर च्वाइस अवार्ड लेकसाइडकि पाँच वर्षिया प्रतिस्पर्धी रितिसा श्रेष्ठले जित्दा वेष्ट कोरियोग्राफीको उपाधी सजना गुरुङ्गको पोल्टामा गयो ।

 

जितसंगै प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने प्रतिस्पर्धीले क्रमश नगद ३० हजार, २० हजार र १० हजार सहित प्रमाण–पत्र, म्युजिक भिडियो, जोमसोम प्याकेज तथा अन्य आकर्षक गिफ्ट ह्याम्पस पुरस्कार प्राप्त गरे । ‘बचाऔं हाम्रो मौलिक लोक संस्कृती, हटाऔं पाश्चात्य पश्चिमी विकृती’ भन्ने नाराका साथएच.आर.फ्रेमिङ्ग र पिएम प्रिण्टिङ्ग अफसेट प्रेशको सहयोग तथा निश्चल डान्स एकेडेमि प्रालिको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।

 

प्रतियोगिताको ग्राण्ड फिनाले सम्म आइपुग्दा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट ६० बढि प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताका विजेता, उपविजेता लगायत अन्य सहयोगीहरुलाई समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका साँसद इन्द्रधारा विष्ट, विशेष अतिथि हिमाली साँँस्कृतीक परिवारका अध्यक्ष मेनकाजी गुरुङ्ग, बरिष्ठ नृत्य निर्देशक गोरे गुरुङ्ग लगायतले पुरस्कार वितरण गरेका थिए । ग्राण्ड फिनालेमा अमन तामाङ्ग, राहुल थापामगर, युवराज गुरुङ्ग र लब्सन गुरुङ्गले निर्णायकको भूमिंका निर्वाह गरेका थिए ।

 

समापन समारोहमा बोल्दै आयोजक फेवा डान्स एकेडेमीका अध्यक्ष प्रविन मगरले यो आफुहरुको पहिलो प्रयास भएको बताउँदै आगामी संस्करणहरु थप परिमार्जित गर्दै अझै उत्कृष्ट बनाउने प्रतिवद्धता जाहेर गरे । कार्यक्रम सफल पार्न सहयोग गर्ने सहयोगी एवं प्रतिस्पर्धाहरुलाई पनि उनले धन्यबाद ज्ञापन गरेका थिए ।