चीनको दावीः कोभिड–१९ महामारीको उत्कर्ष सकियो !

 

एजेन्सी, फागुन २९ ।

चीनले नोबल कोरोनाभाइरस (कोभिड–१९) महामारीको उत्कर्ष सकिएको दावी गरेको छ ।

आफ्नो देशमा यो भाइरसको उत्कर्ष सकिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले दावी गरेका हुन् । उनका अनुसार अब चीनमा कोभिड–१९ को महामारी ओरोलो लाग्न थालेको छ ।

बिहीबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता फेङले अहिले चीनमा संक्रमितको संख्या घट्दै गइरहेको छ र समग्रमा महामारीको अवस्था न्यून रहेको जानकारी दिए ।

। नोबोल कोरोना भाइरसको केन्द्र मानिएको हुबेई प्रान्तको उहानमा नै संक्रमितको संख्या एकमा झरेको र गत बुधबार आठ जनामा मात्रै संक्रमण देखिएको उनको भनाइ छ ।

हुवेई बाहिर पनि चीनको मुख्य भूमिमा सात जनामा मात्रै नयाँ संक्रमण देखिएको र ति मध्ये पनि ६ जना विदेश यात्राबाट आएकाहरु रहेको प्रवक्तालाई उधृत गर्दै सिह्न्वा नेटले उल्लेख गरेको छ ।