चर्चमा अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु, ९९ घाइते

पोखरा, बैशाख १९ ।

मध्य अफ्रिकी गणतन्त्रको एउटा चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु भएको छ । राजधानी बेन्गुइस्थित नोट्रे–डामे डी फतिमा चर्चलाई लक्षित गरी बन्दुकधारीले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । मारिनेमा चर्चका पादरीसमेत छन् । घटनामा ९९ जना घाइते भएका छन् । अघिल्लो महिना पनि सोही स्थान नजिकै भएको हिंसात्मक घटनामा २८ जनाको मृत्यु भएको थियो । मध्य अफ्रिकी गणतन्त्रमा केही वर्षदेखि जातीय र धार्मिक हिंसाका घटना भइरहेका छन् ।(एजेन्सी)