कोरानाको डरः इटालीमा यूरोपकै सबैभन्दा धेरै संक्रमित, आपतकालीन योजनाको घोषणा

 

एजेन्सी, फागुन ११ ।

इटालीमा यूरोपकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भेटिएपछि नियन्त्रणका लागि असाधारण उपाय अपनाउन शुरु गरिएको छ ।

दुई जनाको मत्यु र संक्रमितको संख्या बढेर ७९ पुगेपछि प्रधानमन्त्री जोसेप कोन्टेले आपतकालीन योजना घोषणा गरेका छन् ।

यो योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन शहरलाई क्वारन्टाइनको अवस्थामा राखिएको छ ।

शहरका झन्डै ५ मानिसलाई घरभित्रै रहन भनिएको छ । प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी नियम पालना गराउन परिचालित गरिने बताइएको छ ।

प्रधानमन्त्री कोन्टेले शहरहरूमा प्रवेश गर्न वा त्यहाँबाट निस्कन विशेष अनुमतिविना निधेष गरिएको बताए ।

त्यहाँ सबै विद्यालय र खेलकुद गतिविधिहरू स्थगित गरिएको छ । आज त्यहाँ सिरी ए का केही फुटबल खेल हुने तालिका थियो ।