इन्डोनेसियामा बाढी–पहिरोबाट १० हजार मानिस विस्थापित

 

जकार्ता, फागुन १४ ।

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी–पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओकाअनुसार यस प्राकृतिक प्रकोपबाट तीनओटा विद्यालय भवन र एउटा मस्जिद क्षतिग्रस्त भएको छ ।

उनले ८०० हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको जानकारी दिए ।

उनकाअनुसार जिल्लाका अतिप्रभावित करिब ४८ हजार मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा र्पुयाइएको छ ।

पीडित व्यक्तिका लागि अस्थायी बन्दोबस्त गरिएको र आपत्कालीन राहत सहायता प्रदान गरिएको छ ।

प्रवक्ता विबाओले जिल्लामा १४ दिने आपत्काल घोषणा गरिएको पनि जानकारी दिए ।

प्रवक्ता विबाओले उद्धार र राहतका लागि इन्डोनेसियाली सेना र प्रहरीका साथै अन्य उद्धारकर्मी परिचालन गरिएको बताए ।

इन्डोनेसियाको जलवायु विज्ञान विभागका अधिकृत फाचरी राडजाबले पश्चिमी जाभा द्वीपसहित मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको बताए ।

विभागले बुधबार पनि ठूलो वर्षा हुने चेतावनी दिएको छ । (रासस–सिन्ह्वा)