अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्तावमा मतदान हुने

 

एजेन्सी, पुष २ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने भनिएको महाअभियोग प्रक्रियामा मतदान हुने भएको छ ।

महाअभियोग लगाउने वा नलगाउने भन्ने बारेमा अनुसन्धान गरीरहेको संसदको तल्लो सदनमा उक्त मतदान हुने भएको हो ।

राष्ट्रपति ट्रम्पले पदीय दुरुपयोग गरेर युक्रेनसँग व्यवहार गरेको भन्दै संसदको तल्लो सदनले लामो समय छानविन गरेर महाअभियोगको प्रक्रिया अघि बढाएको हो ।

महाअभियोग प्रक्रियाले संयुक्त राज्य अमेरिकामा २०२० को राष्ट्रपति निर्वाचन प्रक्रियाका लागि अघि बढेको राजनीतिक विभाजनको प्रक्रिया थप जटिल बन्दै गएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले महाअभियोग प्रक्रियाका लागि मतदान तय भएपछि सभामुख न्यान्सी पलोसीलाई पत्र लेख्दै महाअभियोग प्रक्रियाले अमेरिकी प्रजातन्त्रमा खुला युद्ध सुरु भएको चेतावनी दिएका छन् ।

उनले आफू निर्दोष रहेकाले डेमोक्र्याट्स्हरुले राजनीतिक प्रतिसोधका लागि महाअभियोग प्रक्रिया अघि बढाएको आरोपसमेत लगाएका छन् ।

आफ्नो आगामी निर्वाचनको यात्रामा अमेरिकी नागरिकले साथ दिनेसमेत उनले विस्वास व्यक्त गरेका छन् ।

सांसदहरुले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको छिनोफानो गर्न हुने मतदानले राजनीतिक विभाज ल्याएको आंकलन गरिएको छ ।

यसैबीच सर्वोच्च अदालतकी एक न्यायाधीश रुथ बडर जिनसबर्गले राष्ट्रपति ट्रम्पविरुद्ध लगाउन खोएिको महाअभियोग प्रक्रिया रोक्न आग्रह गरेकी छन् ।

बीबीसीलाई दिएको एक अन्तर्वार्तामा उनले राष्ट्रपतिमाथि लगाइएका आरोपको बचाउ गर्दै निर्णय फिर्ता लिन आग्रह गरेकी हुन् ।