अन्तरजातीय भिडन्तका क्रममा मालीमा ४० जनाको मृत्यु

 

बामाको, फागुन ३ ।

मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ ।

अधिकारीहरुले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ९ जना सैनिक जवान पनि रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको अधिकारीले बताएका छन् ।

द्वन्द्वग्रस्त यस क्षेत्रमा भएको अन्तरजातीय भिडन्तका क्रममा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरुको भनाइ छ ।

ओगोसागोमा रातभरिमा भएको आक्रमणको घटनामा परी सुरुमा ३१ जनाको मृत्यु भएको थियो ।

गत मार्चमा भएको फुलानी समुदायको यस्तै आक्रमणमा परी १६० को मृत्यु भएको थियो ।

सरकारी अधिकारीहरुले मृत्यु हुनेको संख्या अझ धेरै हुनसक्ने बताएका छन् ।
(रासस–एएफपी)