अनेरास्ववियु कास्कीद्धारा डेंगु र सेतो पुतलीबाट लाग्ने रोगको बारेमा सचेतना

पोखरा, भदौ २७ ।
अनेरास्ववियुको आयोजनामा कास्कीमा २० विद्यालयमा डेंगु र सेतो पुतलीबाट लाग्ने रोगको बारेमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गत भदौ २५ देखि सुरु भएको सचेतनामुलक कार्यक्रम आज समापन भएको र समापनको अवसरमा पृथ्वीचोक आसपासका क्षेत्रमा पनि पर्चा सामाग्री र डेंगु विरुद्धको मलम समेत वितरण गरिएको थियो ।

उक्त अभियानमा करिव पच्चीस हजार मानिस सग प्रत्यक्ष भेटेर सुरक्षाका उपाएका बारेमा जानकारी गराएको कार्यक्रम संयोजक अनेरास्ववियु कास्किका अध्यक्ष शेखर गौतमले जानकारी दिए । गौतमले कास्कीबाट मात्र लामखुट्टे र सेतो पुतली पूर्णत निर्मुल गर्न नसकिने वताउदै यसको निम्ती राज्यको तहबाट एकैसाथ अभियान सुरु गर्नुपर्ने वताए ।

अभियानको अन्तिम दिन नबप्रभात मा बि का बिद्यार्थीले डेंगुरोग र सेतो पुलतीबाट लाग्ने रोगको जानकारी बाट आफुहरुले धेरै कुरा सिकेको बताउदै अभियान सञ्चालन गर्ने आयोजनक प्रति धन्यवाद ब्यक्त गरे । कार्यक्रममा डेंगु प्रशिक्षक डा सन्देश रमण पराजुली र नेत्र विशेषज्ञ सुबास नेपाल र धर्मेन्द्र घोरासैनी रहेका थिए । अनेरास्ववियु क्षेत्रीय इन्चार्ज रोशन भट्टराईले कार्यक्रम माथी प्रकाश पारेका थिए भने संचालन जिल्ला सचिवालय सदस्य माधब गौतमले गरेका थिए ।