शिखधर्मको चिह्नअंकित सिक्का सार्वजनिक
काठमाडौं, असोज ११ ।
नेपाल राष्ट्र बैंकले शिखधर्मका संस्थापक गुरु नानकको नामसहितको शिखधर्मको चिह्नअंकित सिक्का सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपालले २५ सय र एक हजार रुपैयाँका चाँदीका सिक्का सार्वजनिक गरेका हुन् ।
५५०औं गुरु नानक जन्मजयन्तीका अवसरमा सिक्का निकालिएको हो ।
सो अवसरमा भारतीय राजदूत मन्जिभसिंह पुरीले ‘शिख हेरिटेज अफ नेपाल’ नामक पुस्तक विमोचन गर्नुका साथै सो विषयमा प्रस्तुतिकरण पनि गरेका थिए ।
राजदूत पुरीले नेपाल र भारतका शिख समुदायबीच सदियौंदेखि गहिरो सम्बन्ध रहेको भन्दै गुरु नानकको तस्वीरअंतिक सिक्काको अन्तर्रा्ष्ट्रियरुपमै माग देखिएको बताए ।
कार्यक्रममा भारतबाट आएका शिख धार्मिक गुरुहरुले नेपाल पावन भूमि रहेको भन्दै दुई देशबीचको सम्बन्ध झन् मजबुत् पार्नुपर्ने बताए । (ईमेजखबरबाट साभार)