सप्तकोशी नदीमा संचालित जेट बोट सेवा अनिश्चितकालका लागि बन्द
विराटनगर, फागुन १ ।
सप्तकोशी नदीमा विगत दुई वर्षदेखि संचालित जेट बोट सेवा आज(विहीबार)बाट बन्द भएको छ ।
सरकारले कानून निर्माण गरी नियमन गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्ने, भाडादर कायम गर्नुपर्नेलगायतका माग राख्दै व्यवसायीहरुले अनिश्चितकालका लागि सेवा बन्द गरेका हुन् ।
जेट बोट बन्द भएपछि भोजपुर, धनकुटा र उदयपुरलगायतका क्षेत्रका मानिसलाई आवतजावतमा समस्या भएको छ ।
सप्तकोशी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन र सप्तकोशी टुरिजम एन्ड वाटर ट्रान्सपोर्ट प्रालिले सप्तकोशी चार वटा जेट बोट सञ्चालन गदै आएका थिए ।
जेट बोटबाट दैनिक पाँचसय बढीले सेवा लिदै आएका थिए ।
(ईमेजखबरबाट साभार)