मेलमिलाप सम्बन्धी तालिम सकियो

पोखरा, असार १७ ।
पोखरा वडा नम्बर ४ स्थित परोपकार सर्वेश्वर नारी समूहको आयोजनामा भएको मेलमिलाप सम्बन्धी उच्चस्तरीय तालिम समापन भएको छ । तीनदिनसम्म चलेको तालिममा मेलमिलाप सहित सकारात्मक सोंचका बिषयमा पनि सहजीकरण गरिएको थियो ।

तालिम समापन कार्यक्रममा पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोलाले सिकेका सीप ब्यवहारमा कार्यान्वयन गर्न आग्रह गरे । उनले आगामी दिनमा थप एड्भान्स तालिम तुरुन्तै हुने र अन्य तालिमको पनि योजनामा समाबेश भएको जानकारी गराए । बास्तोलाले तालिममा सिकेका बिषयहरु समाजमा अरुलाई पनि जानकारी गराउन र समाजमा घटेका सामान्य घटना समाजभित्रै मेलमिलाप गराउने अभ्यास सुरु गर्न आग्रह गरेका छन् ।

समूहकी अध्यष सकुन्तला कोइरालाको अध्यक्षतामा तालिम भएको हो । तालिममा अधिवक्ता हरी पण्डित र पत्रकार प्रकाश ढकालले सहजीकरण गरेका थिए ।