जाजरकोट भुकम्पः नगरपालिकाकी उपमेयर सहित ५० भन्दा बढीको मृत्यु, सयौं घाइते

पोखरा, कात्तिक १८ ।
जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राती पौने १२ बजे ६.४ म्याग्निच्युडको भुकम्प गयो । भुकम्पबाट पश्चिम नेपालमा ठूलो धनजनको क्षति भएको छ । रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको बताइएको छ । ५३ जना अस्पताल भर्ना भएका छन् ।

हालसम्म भुकम्पबाट ५० भन्दा बढीको मृत्यु भएको छ भने अझैं संख्या बढ्न सक्ने बताइएको छ । हजारौं घरगोठ भत्किएको प्रहरीले जनाएको छ । प्रहरी र सुरक्षा निकाय सहित स्थानीयहरु उद्धारमा खटिएका छन् ।

नलगाढ नगरपालिका उपप्रमुख सरिता सिंहको भुकम्पमा परेर मृत्यु भएको छ । उनी सदरमुकाम स्थित घरमै सुतिरहेको अवस्थामा मृत्यु भएको हो ।

जाजरकोटमा ठूलो भुकम्पपछि पनि निरन्तर पराकम्पहरु जाने क्रम कायम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै भुकम्प प्रभावित क्षेत्रमा जाने तयारी गरेका छन् ।