एमसीसी अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र
काठमाडौं, माघ २८ ।
अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) नेतृत्वको ९ दलीय गठबन्धनले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाएको छ ।
मंगलबार सिंहदरवारस्थित कार्यकक्षमै भेटेर सभामुख सापकोटालाई ९ दलीय गठबन्धनले ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउँदै देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजकसमेत रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सीपी गजुरेलले अमेरिकाले आफ्नो रणनीतिक उदेश्य पूरा गर्न एमसीसी अनुमोदनका लागि दबाब दिइरहेको बताए ।
ज्ञापन पत्र बुझ्दै सभामुख सापकोटाले एमसीसीबारे अझै गहिरिएर अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
(अनलाइनखबरबाट साभार)