एमाले छोडेपछि मौलापुरकी मेयरको पद गुम्यो

पोखरा, कात्तिक १ ।
नेकपा एमाले छाडेर आम जनता पार्टीतिर लागेकी मौलापुर नगरपालिका, रौतहटकी मेयर रिनाकुमारी साहको मेयर पद गुमेको छ । ३० वैशाखको स्थानीय तह चुनावमा साह एमालेबाट मेयर निर्वाचन भएकी थिइन् ।

आम निर्वाचनमा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका पति प्रभु साहले आम जनता पार्टी बनाएपछि मेयर साह पनि त्यही दलमा आवद्ध भइन् । साहले दल त्याग गरेको भन्दै एमालेले कारबाही गर्दै निर्वाचन आयोगलाई जानकारी गरायो ।

त्यही सूचनाका आधारमा आयोगको सोमबार बसेको बैठकले मेयर साह पदमुक्त भएको निर्णय गरेको छ । साहले भने आफूलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी भएकाले प्रतिवादन गर्ने प्रतिक्रिया दिएकी छन् ।