नेपालमा नीतिगत भ्रष्टाचार भइरहेको छ : अध्यक्ष थापा

 

कञ्चनपुर, पुस २० ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा नीतिगत भ्रष्टाचार भइरहेको बताएका छन् ।

आइतबार (आज) मिडिया नेपालले महेन्द्रनगरमा गरेको कार्यक्रममा उनले सरकार, ठूला राजनीतिक दल र कर्मचारीको मिलिमतोमा नेपालमा नीतिगत भ्रष्टाचार भइरहेको आरोप लगाए ।

अध्यक्ष थापाले एनसेल काण्ड, सुनकाण्ड, वाइडबडी लगायतका काण्ड नियमित प्रवृतिका अनियमितता नभएको भन्दै ती नीतिगत भ्रष्टाचारका उदाहरण भएको जिकिर गरे ।
(ईमेजखबरबाट साभार)