सभापति देउवाले पार्टी समाप्त पार्न लागे : सुजाता कोइराला

 

रुपन्देही, पुस १८ ।

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी बचाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् ।

प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले देउवाले फेरि सभापति बन्न पार्टी समाप्त पार्न लागेको आरोप लगाइन् ।

लोभ–लालचले पार्टी कमजोर बन्दै गएको भन्दै उनले व्यक्ति भन्दा पार्टी ठूलो रहेकाले विवाद नमिले आउने चुनावमा काँग्रेस जिरो बन्ने तर्क गरिन् ।

कांग्रेस महाधिबेशनमा सबैको साझा उम्मेदबार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनाइ छ ।

नेतृ कोइरालाले सरकारले जनचाहना विपरितका काम गरेको भन्दै सच्चिन आग्रह गरिन् ।
(ईमेजखबरबाट साभार)