पत्रकारिता सिध्याउन चुप्पी बोकेर हिँडेको छैनः सञ्चारमन्त्री बाँस्कोटा

 

कैलाली, पुस १७ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकार निष्ठावान, मर्या्दित र आलोचनात्मक चेत भएको प्रेसको विकासमा लागिरहेको बताएका छन् ।

पत्रकार महासंघ कैलाली शाखाको बिहीबार भवन उद्घाटन गर्दै उनले आफू चुप्पी बोकेर पत्रकारिता सिध्याउन हिँडेको नभई मर्या्दित प्रेस र प्रेस स्वतन्त्रताका लागि काम गरिरहेको बताए ।

सञ्चारमन्त्री बाँस्कोटाले कुण्ठित मानसिकता भएकाहरुले मात्र आफूलाई प्रेस स्वतन्त्रता विरोधीका रूपमा चित्रण गरेको उनको तर्क थियो ।

उनले सूचना प्रविधि विधेयकबारे धेरै प्रश्न उठेको भन्दै यसले सञ्चार माध्यमलाईनै फाइदा पुग्ने दाबी गरे ।
(ईमेजखबरबाट साभार)