नेल्टाको राष्ट्रिय महाधिवेशनको तयारी तीव्र, कास्कीको अधिवेशन पुस १९ गते
पोखरा, पुस १२ ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)ले आफ्नो राष्ट्रिय महाधिवेशनको तवारी तीव्र पारेको छ । काँग्रेस निकट पशु प्र्राविधिकहरुको संस्था नेल्टाले ‘लोकतान्त्रिक नेपालमा पशु स्वास्थ्य सेवा प्राविधिकहरुको पहिचान, व्यवसायीक पशुपालनमा नेल्टाको अभियान’ भन्ने नारा सहित आगामी फागुन १५ देखी १७ गतेसम्म दोश्रो राष्ट्रिय महाधिवेशन काठमाण्डौंमा गर्दै छ ।
महाधिवेशनका लागि अहिले जिल्ला शाखाहरुका अधिवेशन धमाधम भइरहेको छ । हालसम्म २५ भन्दा बढी जिल्लाको अधिवेशन सकिएको र अन्य जिल्लाको पनि निरन्तर भैरहेको महासचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कास्कीको अधिवेशन यही पुस १९ गते हुँदै छ ।
महाधिवेशनलाई लक्षित गरेर मूल आयोजक समिति तथा विभिन्न उपसमितिहर गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको नेल्टाले जनाएको छ । नेल्टाको कात्तिकमा बसेको केन्द्रीय कार्य समितिको ११ औ बैठकले आगामी फागुन मा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
महाधिवेशनमा प्रतिनिधि प्रवेक्षक गरी ६ सय को सहभागिता रहने छ । नेल्टाले देशका ७७ वटै जिल्लामा जिल्ला समिति गठन गरिसकेको जनाएको छ । file photo