हेमजामा ब्यायमशालाको उद्घाटन

 

हेमजा, फागुन १४ ।

पोखरा महानगरपालिका वडा न. २५ हेमजामा अबस्थीत जैसीचौर खेल मैदानमा निर्माण गरिएको खुल्ला ब्यायम शालाको एक कार्यक्रमका बिच बुधबार उद्घाटन गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका प्रमुख मानबहादुर जि.सीले जन स्तरबाट राम्रो काम गरेकोमा धन्यवाद ज्ञापन गर्दै थप ब्यबस्थीत गर्न सक्दो सहयोग गर्ने प्रतिबदता ब्यक्त गरे । उनले बिकसको कामले गति लिएको बताउदै क्लबले गरेको काम प्रति खुसी ब्यक्त गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाकर तिमिल्सिनाले छोटो समयमा काम पुरा गरेकोमा धन्यवाद ज्ञापन गर्दै बिकास छिटो गर्न जनसहभागिता हुनु पर्ने बताए ।

सो अबसरमा ब्यायम शाला निर्माणमा सहयोग गरेकोमा हेमजा वयलफेर सोसाइटी यु.एस.ए का उपाध्यक्ष गँगा बहादुर थापालाई सम्मान गरिएको थियो ।

दिब्यदृष्टि क्लब हेमजाका अध्यक्ष मनोज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत सल्लाहाकार मिन बहादुर थापाले र सञ्चलन सचिब बिकल थापाले गरेका थिए ।