हिन्दुराष्ट्र जोगाउन नसके धार्मिक द्धन्द्ध निम्तिन्छः तामाङ

पोखरा, मंसिर ७ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोम बहादुर भण्डारीका पक्षमा जनमत सिजर्ना गर्न राप्रपाका शीर्ष नेताहरु कास्कीमा छन् । कास्की क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनमा राप्रपाका केन्द्रीय सदस्य भण्डारीलाई उम्मेदवार बनाएइको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा कावा अध्यक्ष बुद्धिमान तामाङ देखि पार्टीका ठूला नेताहरु घरदैलोमा छन् । घरदैलोमा बोल्दै तामाङले हिन्दुराष्ट्र जोगाउन नसके धार्मिक द्वन्द्व नित्याउने खतरा बढेको बताए । देशलाई द्धन्द्धबाट जोगाउन राप्रपालाई भोट हाल्नुपर्ने उनको जीकिर छ ।

शनिबार पोखरा २१ का खत्री गाउँ, ज्वारकोट, निर्मलपोखरी, कृष्ती लगायतका ठाउँम घरदैलो गरिएको राप्रपाले जनाएको छ ।