सुनसरीको दानाबारीबाट प्याराग्लाइडिङ उडान सुरु

 

सुनसरी, पुस २६ ।

सुनसरीको धरान उपमहानगरपालिकाको दानावारीबाट प्याराग्लाइडिङ उडान सुरु भएको छ ।

नेपाली सेनासहितको प्याराग्लाइडिङ पाइलटहरुले दानावारीमा नयाँ गन्तव्य पहिचान गरी उडान सुरु गरेका हुन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपाली सेना प्याराग्लाइडिङ समूह र नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ प्रदेश १ ले संयुक्त रुपमा प्याराग्लाइडिङको नयाँ गन्तव्य पत्ता लगाएको संघका अध्यक्ष भुपेन्द्र चाम्लिङ राईले बताए ।

१ हजार २ सय ३० मिटर अग्लो स्थानमा रहेको दानावारीबाट प्याराग्लाइडिङ उडान भर्न अत्यन्तै सहज र सरल भएको उनको भनाइ छ ।

दानावारीमा प्याराग्लाइडिङ उडानका लागी धरान उपमहानगरपालिका वडा नम्बर ४ ले एक विगाहा जग्गा निःशुल्क उपलब्ध गराएको छ ।
(ईमेजखबरबाट साभार)