‘सिद्धबाबा’लाई फेरि ७ दिन म्याद थपियो
सुनसरी, मंसिर ३० ।
अनुयायी करणीको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई सुनसरी जिल्ला अदालतले फेरि ७ दिनको म्याद थप गरेको छ ।
सोमबार जिल्ला अदालत सुनसरीले थप अनुसन्धानका लागि प्रहरीलाई ७ दिनको म्याद दिएको हो ।
उनी प्रहरीको निगरानीमा अस्पतालमा रहँदै आएका छन् ।
न्यायाधीश मणिराम न्यौपानेको इजलासले कृष्णदासलाई थप ७ दिन अस्पतालमै निगरानीमा रहनेगरी प्रहरी अनुसन्धानका लागि अनुमति दिएको हो ।
अदालतले यसअघि तीनपटक गरी कृष्णदासलाई १४ दिनको म्याद दिइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माकाअनुसार अदालतको आदेशबमोजिम तत्कालका लागि कृष्णदासलाई विराटनगरस्थित विराट नर्सिङहोममै फर्काइएको छ । उनलाई त्यहीँबाट अदालत लगिएको थियो ।
(ईमेजखबरबाट साभार)